म जागेँ
आत्मबलभन्दा बढी
कसैको छुरारूपी वचनले
यी कोमल हृदयमा घोचिदियो
र म जागेँ ।
उमेरले होइन
परिबन्धले
व्यावहारिक र परिपक्व बनाइदियो
र म जागेँ ।
पढेर होइन
परेर
केही तितो यथार्थ दिलाइदियो
र म जागेँ ।
रटान भरिएका यादले होइन
ज्ञानरूपी सिपले
आनन्दमय तुल्याइदियो
र म जागेँ ।
कसैको इच्छा–आकाङ्क्षाले होइन
आफ्नै सुन्दर संसारलाई
यो हृदयले ओगट्यो
र म जागेँ ।
लेखकको सम्वन्धमा