विद्यार्थी

कसैको डरमा होइन हामी
विद्यार्थी भई पढ्नु छ ।
कसैको सपना टुक्र्याउन होइन
सुन्दर भविष्य बनाउनु छ ।
पढीलेखी ज्ञानी भई
देशको विकास गर्नु छ ।
सक्षम मान्छे बनेर नै
संसारलाई चिनाउनु छ ।
देशको सेवक बनी हामीले
आमाको माया जगाउनु छ ।
अशिक्षितलाई शिक्षा दिदैँ
आमाको सपना सजाउनु छ ।
लगनशील बनी हामीले
भविष्यलाई सुधार्नु छ ।
असल मान्छे बनेर नै
संसारलाई चिनाउनु छ ।
लेखकको सम्वन्धमा