तिज विशेष केही हाइकु
चाड र पर्व
महामारी भलले
लग्यो सलल ।
दर र खिर
छमछम पोहोर
सम्झना मात्र ।
के आयो रोग
न रङ्ग न उमङ्ग
न त छ भोग ।
तिजको बेला
न छ मादलु धुन
रुन्छ नि मन ।
उल्लास कुरा
छमछम बज्दैनन्
नाडीका चुरा ।
सम्झेर दर
रुँदै रुँदै फलेका
घिरौँला काँक्रा ।
पर्खेर चेली
टुलुटुलु हेरेका
दुकाने सारी ।
लेखकको सम्वन्धमा