गजल

पाइला पाइलामा भेटिन्छ्न् तीरहरू
शरीर एकातिर अर्कातिर शीरहरू ।
आफ्नासँग पनि विश्वास रहेन अब
खान पनि डरसरि मेजमानमा खिरहरू ।
गुनासाहरू कति कति को- कोसँग
सबैका आ-आफ्नै छन् पीरहररू ।
आशीर्वाद पाएका कहाँ पुगिसके
टुँडिखेल बेनेका छन् भिरहरू ।
बरू नामर्द नै प्रिय छ आफूलाई
एसिड छ्याप्दै नहिँडुन् कुनै वीरहरू ।
लेखकको सम्वन्धमा