February 10, 2026, Tuesday
२०८२ माघ २७, मंगलवार

सफलताको बाटो

मानिसका जीवनमा हुन्छन् धेरै कुरा
कर्तव्यको बाटो हिँडौँ हुन्छन् सबै पूरा
एकअर्कालाई साथ दिऊँ जब लाग्छ ठेस
नयाँ सोच नयाँ रित राखे बन्छ देश ।
 
सकेसम्म सेवा गरुँ नसकेमा माया
सुख दुःख साथै हुने हेर घाम छाया
यहाँ सबै नेपाली छौँ पराई कोही छैन 
सफलताको बाटो रोजौँ अन्त जाने हैन ।
 
सङ्घर्षले जीवन बन्छ अघि बढ्नुपर्छ
आफ्नो भाग्य आफ्नो खुसी आफैँ ल्याउनुपर्छ
राम्रो काम गरौँ परी एक–अर्कामा भर
एकता र हिम्मत देखी भाग्छ पीडा पर ।