April 18, 2024, Thursday
२०८१ बैशाख ६, बिहीबार

कोरोना र स्कुल

कोरोनाका सङ्क्रमित बढिरहेको बेला
लकडाउन खुल्यो कोरोनालाई गरी हेला ।
 
अब सार्वजनिक गाडी चलाउन पाइन्छ
सङ्क्रमित मरेपछि पिसिआरको रिपोर्ट आउँछ ।
 
सुन्दै छु छिट्टै स्कुल खुलाउने रे सरकारले
भेट्ने भयो विद्यार्थी र शिक्षकलाई भाइरसले ।
 
स्कुलमा भाइरस लाग्या कसरी थाहा हुने हो
भिडभाड बढ्दा विद्यार्थीमा सङ्क्रमण बढ्ने भो ।
 
विपत्मा छन् विद्यार्थी,  भोलिका कर्णधार
फितलो नहोस् हामी विद्यार्थीको उपचार ।