आगो फैलेसरि फैलियो कोरोना रे नाम
चीनको वुहान राज्य रैछ यसको जन्म ठाम ।
जडीबुटी औषधीले गर्नेछैन काम
क्वारेन्टाइनमा बस्नु नै हो सुरक्षित ठाम ।।
कोरोनाको महामारी किन यति साह्रो
विश्व सारा सबैतिर कुना कुना चारो ।
घरभित्र बस्नु भन्छ बाहिर जान गाह्रो
बाहिर गए आफ्नै ज्यान सङ्क्रमणमा पारो ।।
विश्व सारा लकडाउन भयो लाखौं ज्यान गयो
घर परिवार सबै जना छरपस्ट भयो ।
कोही यता कोही उता आफ्नै ठाँउमा रह्यो
सबैसँग भेट हुने इच्छा मात्रै भयो ।।
बाहिर गए कोरोनाको त्राही त्राही भयो
घरभित्र बस्दा बस्दै छटपटी भयो ।
खानु सत्नुभन्दा बढी केही छैन काम
कोरोनासँ बच्नलाई गरौँ योग ध्यान ।।
धन सम्पत्ति चाँहिदैन बाँच्न पाए भयो
सारा सुख खुसी सबै कोरोनाले लग्यो ।
आयो आयो भन्छन् सबै देख्नु केही छैन
सातो पुत्लो सबको उड्यो छैन कहीँ चैन ।।
ठुला बडा राष्ट्र सबै डराइसके आज
कोरोना यो विकराल भयो संसार माझ ।
अणुबम र क्षेप्याश्रले मार्ने छैन यसलाई
भित्रभित्रै खाई सक्यो सारा संसारलाई ।।
लेखकको सम्वन्धमा