May 20, 2024, Monday
२०८१ जेष्ठ ८, मंगलवार

च्यासिनडोलमा वृक्षारोपणको कार्यक्रम

कठमाडौं, साउन १८ (झरना सञ्चार)

काठमाडौं बुढानीलकण्ठ न.पा. वडा नं. ६ स्थित प्रगति सामुदायिक वन क्षेत्र च्यासिनडोलमा वागमती प्रदेश, क्षेत्र नं. ५ का सदस्य माननीय दीपक निरौलाको प्रमुख आतिथ्य तथा बुढानीलकण्ठ नगरपालिकाका मेयर उद्धव खरेलको अगुवाइमा वृक्षारोपण गरियो ।

सो कार्यक्रमको अध्यक्षता वडा नं. ६ का वडाध्यक्ष नवीन के.सी.द्वारा गरियो ।
सोही नगरपालिका वडा नं. ६ ले आयोजना गरेको उक्त कार्यक्रममा सोही वडाको प्रगति वन उपभोक्ता समिति र च्यामासिनडोल युवाक्लबको उल्लेखनीय सहयोग रहेको थियो ।
‘रूख रोपौँ, वातावरण जोगाऔँ’ भन्ने मूल नाराका साथ बिहान साढे सात बजेदेखि आयोजना गरिएको उक्त कार्यक्रममा वन उपभोक्ताहरूको सक्रिय सहभागितामा लगभग ५ सय बिरुवा रोपिए ।