May 14, 2025, Wednesday
२०८२ जेष्ठ २, बिहीबार

मामाघर

म मामाघर जान्छु
मिठो मिठो खाजा खान्छु ।
 
मामा माइजूसँग घुम्न जान्छु
खुसी हुँदै उहाँहरुलाई चुम्छु ।
 
म त्यहाँ गएर गर्छु रमाइलो
घाम नलागे पनि हुन्छ घमाइलो ।
 
मामाघरमा पाइन्छ राम्रो नाना
त्यसैले मलाई मन लाग्छ जान ।
 
मलाई लाग्छ मामाघर प्यारो
मामाघर जान हुन्न मलाई गारो ।