April 30, 2026, Thursday
२०८३ बैशाख १८, शुक्रबार

कोरोना

कोही छेउ नगई अलग्ग बस्दै, गफगाफ गर्ने अरे 
रोग लाग्दा अति कष्ट हुन्छ, ज्यानै जान सक्ला भरे।।
नाक-मुख छोप्नु लगाउनु  मास्क, बाहिर जादामहा
भाइ-भाइ भएर हात नमिलाई, गर्नु नमस्कार ताहाँ।।
 
म्युनिटी पावर नहुनेहरूलाई,   गारो हुन सक्छ रे 
क्षा गर्नु पर्यो जीवन आफै,   हुँदैन    कोही  भरे।
ङ्क्रमण हुनदिनु हुन्न भरसक, सतर्क   आफै   हुनु
 कोरोना नामको रचेको रचना,  विद्वानले  बुझिदिनु।।
 
पुन
कोही भन्छन्  केही हैन  यो, रुघा खोकीसरि मात्र रे
रोग हो अति  खराब  भन्छन  कोही,  हेरे पनि  छुन्छ रे ।।
नाना तर्क गरी बसी गर्नु के,  ठुलै   क्षति   भैसक्यो
भाग्दैन केही गरी जबर छ जीवाणु, विज्ञान रोइसक्यो ।।
 
च्छा छ सबलाई स्वास्थ्य भै रहने बाँचेजति आयुमा
हेन अछुतो कुनै देश पनि,   कुद्छ   भने   वायुमा।
ङ्क्रमण सबमा हुने नि रहेछ,  डाक्टर  र  बैद्य पनि 
 कोरोना नामको रचेको रचना,  मेरा   मनैमा    गुनी।