सिकायौ तिम्ले गर्न मलाई राम्रा राम्रा काम
तिम्ले गर्दा पाएकी छु आज मैले नाम
भन्छ्यौ मलाई सधैँभरि 'गर नानी मान'
ठुली भई राख्ने छु म पक्कै तिम्रो नाम ।
बढ्दै गएँ हात तिम्रो समाएर डुली
थाहा पाइनँ कैले भएँ म त यति ठुली
भन्छ्यौ मलाई 'सधैँभरि हुनुपर्छ ज्ञानी'
देख्छ्यौ आमा तिमी मलाई सधैँ सानी नानी ।
फकाउँदै बोलाउँछ्यौ '‘आऊ सानी ज्ञानी'
मलाई ठान्छ्यौ क्यार आमा आँखाको नै नानी
तिम्ले गर्दा पाएकी छु यति धेरै माया
किन यति माया गर्छ्यौ मलाई प्यारी आमा !
कैले जिती पुग्छु माथि, कैले हारी मुनि
जिते पनि हारे पनि सधैँ खुसी छु नि
तिम्ले पाउ टेक्ने मौका दियौ नि धर्तीमा
सधैँ भलो मात्र हुन्छ आमाका अर्तीमा ।
लेखकको सम्वन्धमा