यताउता जतासुकै छाँया बनी हिँड्ने मान्छे भित्री मनको कुना कुना माया बनी हिँड्ने मान्छे । बाहिरी माया नदेखाई भित्री माया गर्ने मान्छे जस्तै कठिन भए पनि हल्का फुल्का लिने मान्छे ।।
कठोरजस्तै लाग्छौ तिमी हिजोआज किन किन मलम बनी आउँछु है त हावासरि तिम्लाई लिन । हेर्दा कठोर देखिए नि मुलायम नै रैछौ तिमी तिमीभित्र म भएसि कति सुन्दर जिन्दगानी ।।
आँखाभित्र राखे पनि नबिजाउने मान्छे तिमी छातीभित्र राखे पनि लुकिदिने मान्छे तिमी । मेरो समीप आउन छाडी किन टाढा भयौ तिमी मनभित्र लुकी लुकी किन टाढा गयौ तिमी ।।
सपनीमा मात्रै तिमी दिनैजस्तो आउने मान्छे बिपनीमा जस्तै सुन्दर मुटुभरि बस्ने मान्छे । गला लाउन खोजिरहन्छु तर तिमी भाग्ने मान्छे जति टाढा भए पनि तिमी मात्र मेरो मान्छे ।।
लेखकको सम्वन्धमा