February 8, 2025, Saturday
२०८१ माघ २६, शनिबार

केही हाइकु

म हुँ नेपाली
तराई-हिमालको
जान्दिनँ झुक्न। १

छिमेकी तिमी
दुःखमै मात्र लुट्ने
छ्या, कस्तो बानी? २

पूर्व हो टिस्टा
पश्चिम किल्ला काँगडा
साँच्चैको भूमि । ३

काली सारेछौ
धेरै पटक मित्र
सिमाना मिच्न। ४

चिढियो दास
लिपुलेकमा हेर
पागलझैँ त्यो। ५

दःख र पीडा
हट्दछ मित्र सारा
एक हौं हामी। ६

नेपाली भूमि
कालीपूर्वको  सबै
सुगौली सन्धि । ७