जीवन
हराएको धुलोभित्र
भत्किएको पर्खालभित्र
सुकिसकेको नदीभित्र
थाकिसकेको बादलभित्र
पृथ्वीको गर्भभित्र
आज पाउँदै छु आफैँलाई
ध्येय शून्य जीवन ।
विकट हाँसो भित्र लुकेछ
अकाट्य वचन भित्र छुपेछ
अश्रुपूर्ण नयन भित्र खेलेछ
फोस्रो मुहार भित्र लुकेछ
एउटा विकट वचन
कम्पनले रसाएको रोदन !
रुन खोज्ने यहाँ
हाँस्न परेको छ
मर्न खोज्ने यहाँ
जिउनु परेको छ
हाँसोभित्र रोदन बोकी
मुर्दासरि जीवन यो
कति टाढासम्म पुग्न सक्ला !
पाउ सबै थरथराए
शरीर सबै काँपिसक्यो
निराशाका सुस्केरा निस्किसके
अश्रुविहीन नयन दुखिसके
यो एकपलको जीवन सिद्धिसक्यो ।
लेखकको सम्वन्धमा