गजल
पानी थेग्ने घरको छानो छैन
भकारीमा अन्नको दानो छैन ।
गरिबको भोक र निद्रा हरायो
अझै भन्छ सरकार कानो छैन।
घरको छोरो पनि छ विदेशमा
समस्या पनि अब सानो छैन।
बुढा स्वर्गीय एक्लै बुढी आमा
बिचरीको नेत्र ओभानो छैन।
फलेको देख्छौ फुलेको देख्छौ
यो दिलझैं दुखेको अचानो छैन।
लेखकको सम्वन्धमा