October 3, 2023, Tuesday
२०८० आश्विन १६, मंगलवार

केही हाइकु


कुर्लियो धन
चुपचाप छ समाज
हरायो न्याय !

फैसला सुनौँ
जालझेलका नायक
यस्तो पो शैली !

बालेर बत्ती
टन्टलापुर घाममा
खोज्दछु निसाफ !

उपहार लिऊँ
बदलामा छुटकारा
गर कारोबार !