गरिबको पीडा
वर्षासँगै उर्लिएर आयो हेर भेल
प्रकृतिको प्रहारसँगै दैवको त्यो खेल
बाढी-पैरो एकैचोटि आयो हेर साथी
दैवले नि खेल खेल्छ सधैँ गरिबमाथि ।
न सकिन्छ रोक्न यो न सकिन्छ छेक्न
हरेक साल पीडा उस्तै पाइन्न पाउ टेक्न
बस्ने बास खाने गाँस पाइन्न हेर साथी
दैवले नि खेल खेल्छ सधैँ गरिबमाथि ।
न त निद भोक लाग्छ वर्षात आएपछि
नदीले नै क्रोध गरी भाका फेरेपछि
पाखोसँगै घर बग्यो खेत बग्यो साथी
दैवले नि खेल खेल्छ सधैँ गरिबमाथि ।
सुसेलेर पहिरो खस्छ मध्य रातबिच
सधैँ सधैँ सुताइदिन्छ साथमा गैरो निद
सन्तान बगे कसैका त बगे जीवन साथी
दैवले नि खेल खेल्छ सधैँ गरिबमाथि ।
राहतका झोला पुगे भन्छन् गाउँ गाउँ
तर पनि पगेनन् रे पुग्नुपर्ने ठाउँ
मनका यस्तै अनेक् चोटको मलम छैन साथी
दैवले नि खेल खेल्छ सधैँ गरिबमाथि ।
लेखकको सम्वन्धमा