February 10, 2025, Monday
२०८१ माघ २८, सोमबार

केही हाइकु


यथाशक्य ऊ
काँडेतार सिमाना
यदाकदा म ।

गर्‍यौ प्रस्ताव
मौनतामा हराएँ
यथेष्ट माया ।

क्रीडास्थलमा
मनको पवित्रता
क्लान्त शरीर ।

निष्कलङ्कित
मुटु नै खण्डीकृत
कथित त ऊ ।

अन्धो समाज
अङ्कुश प्रेममा नै
खै स्वच्छन्दता ?