तीन मुक्तक

फूलमाथि भमरा घुमेपछि
भमराले फूल चुमेपछि
अर्थिँदो हो जिन्दगी
फूलको यौवन गुमेपपछि ।
 
आकाशका नौलखा तारा केलाई बसें
आधाआधी सपना सेलाई बसेँ
नियतिले ठगेको बेहाल जन्दगीमा
अतीतका सम्झना खेलाई बसेँ ।

चुराको मिठो धुन बजाउँदै आयौ
ओठमा मुस्कान सजाउँदै आयौ
जीवन खरानी बनाउने पो हौ कि !
सलाईको काँटी जलाउँदै आयौ।