हात्ती (बाल गीत)
हात्ती आयो हात्ती यता आऊ न साथी
नडराई माउते दाइ बसे हात्तीमाथि ।
जिउ छ बडेमाको खुट्टा खम्बाजस्ता
पृथ्वीमा जनावर हेर कस्ता कस्ता ।
आँखा भने चिम्सा कान नाङलाजत्रा
सुँड सर्पजस्ता दाँत झन् कत्रा कत्रा ।
सर्कसमा उसको कला कत्ती राम्रो
पानी मन पराउँछ हेर हात्ती हाम्रो ।
दाँतचाहिँ बाहिर छ केले चपाउँछ
क्वाँर्र-क्वाँर्र कराई वनै थर्काउँछ ।
हिंड्छ लमक लमक इसारा यो बुझी
हामीलाई बोक्दा दुखी छ कि खुसी ?
लेखकको सम्वन्धमा