सत्ताको मोह
कोरोना बेला
सडकमा उर्ल्यौ
तमासा धेर
जग नै हँसायौ ।
नारा र जुलुस
नगर यो बेला
होइन यो त
भेला हुने बेला।
भोक र रोगले
मरेका हजार
सत्ताको मोह
अपरम् छ पार ।
कोरोना कष्ट
यही बेला उग्र
तिमी त केवल
सत्तामै व्यग्र ।
बाढी र पहिरो
यही बेला धेर
सत्तामा भुल्ने
तिम्लाई छ पीर ?
धन र जन लौ
बगेछ नि अपार
लोभी सत्ताको
तिम्लाई छ हतार !
रुँदि छिन् आमा
बगे नि लाला
उद्धार गर्ने
खै तिम्रो चाला ?
रुँदाछन् बाला
पुरिइन् नि आमा
तिमी छौ खालि
सत्ताकै भोक्मा।
लेखकको सम्वन्धमा