May 13, 2025, Tuesday
२०८२ बैशाख ३०, मंगलवार

असार-२९

यो कस्तो धर्ती आज?
अति सुन्दर भै देख्या।

बाह्रै मासपछि भर्खरै,
संगिनीसँग नाच्या।

खुबसित ठाँटिएर र्धेरै,
हरियो पहिरनमा सज्या।

कालो केश गगन फिजाई बाबै !
छहरा पहरासँग डुल्या।

जगतै छन् मख्ख साह्रै,
यी सब दृष्य देख्या।

छन् सब हर्षित खुबै,
गिरि अनि सगरमाथा पनि।

चरी गाउन थाली मिठो,
गुणगान उसैको गरी।

मधुवन पनि गुन्जियो,
झ्याउरे भाकामा आज।

स्वर्गझैँ लाग्यो मलाई आज,
यी सब प्रकृति देखी।

साँच्चै के भो आज?
जताततै अलकापुरी नगरी।

किन भो आज यस्तो भनी?
मनमा धेरै गुनी।

सम्झना दिलायो मलाई
अम्बरको त्यो भानु सम्झी।

त्यै भानु उदाएको रहेछ,
नेपाली साहित्याकाशमा आज।

अषाढ २९ गतेकै दिन,
तनहुँ रम्घा गाउँ चुँदी।

त्यही भानुको नाम गुन्जियो,
आदिकवि भनी आज।