गजल
बाँचुन्जेल सबैलाई आफ्नो देश प्यारो छ
हाँसुन्जेल सबैलाई आफ्नो प्रेम प्यारो छ ।
परिश्रम गरी बाँचौँ जुटेर देशमा
सबैलाई आफ्नो माटो प्यारो छ ।
देशको अस्मिता जोगाऔँ मिलेर संसारमा
सबैलाई आफ्नो स्वतन्त्रता प्यारो छ ।
धर्ती मातालाई नरुवाऔँ लडेर आपसमा
सबैलाई आफ्नो सन्तान प्यारो छ ।
युद्धलाई त्यागौँ ‘श्रेष्ठ’ बनेर जीवनमा
सबैलाई आफ्नो एकता प्यारो छ ।
लेखकको सम्वन्धमा