May 20, 2024, Monday
२०८१ जेष्ठ ८, मंगलवार

चार हाइकु


तिलक ठान्यौ
भन्थे मार्गदर्शक
तिर्खारू तिमी  ।
 

झर्लाङ्गे चाला
हाँडीघोप्टे प्रवृत्ति
टिकाइ सत्ता ।
 

तुजुक लत
देश नै पिण्डरोगी
पितुर्के नेता ।
 

उडन्ते कुरो
 हठवादी विचार
जिम्मेवार को ?