गजल

बकबक गर्ने को ? हेर्छु, छिमेकी मिडिया रहेछ
जे पायो त्येही बोल्ने, त्यो त साह्रै घटिया रहेछ।
‘भाइ भाइ’ भन्दै जहिल्यै सिमाना मिच्न खोज्ने
सुध्रिन्छ कि भनेँ अहँ, त्यो त साह्रै लुच्चा रहेछ।
कति सहनु अति भो ! सिमा नै नाघी सक्यो,
सङ्कटमै पीडा दिने, त्यो उसको बानी रहेछ।
आफ्नो मिचिएको जमिन खोज्दा कोही गुलाम हुन्न,
युग आधुनिक, मगजमा उसको पुरानै दासता रहेछ।
औँलो दिँदा डुँडुलो निल्ने उस्को त्यो पुरानो बानी
बिस्तारबादी सोचको उपज, साह्रै बेइमानी रहेछ।

लेखकको सम्वन्धमा