हाइकु : कोरोना भाइरस नेपाल
१
कोही भन्छन्
मानव निर्मित हो
प्रकृति मौन ।
२
रोज रोजना
छ बढ्दो संत्रास
विज्ञान सुस्त ।
३.
नाश गर्छ यो
मानव जगतको
विधाता चुप ।
४.
भागाभाग छ
सर्वत्र संत्रास छ
समाज जिल्लराम ।
५.
इच्छा छ बाँच्ने
लडेर रोगसँग
अमूर्त मार्ग
६
रण भूमि भो
आफ्नै घर संसार
जित्ने अपेक्षा
७
सत् संसर्ग
हो अचुक उपाय
बचाऔं प्राण
८
नेताको बोली
न ठाउँ न ठहर
बुढीको रहर
९
पाकेको बाली
हो देशको ढुकुटी
फुपूको श्राद्ध
१०
लड दृढ भै
रोग, भोक र नेता
आफ्नो नठान ।
लेखकको सम्वन्धमा