April 20, 2024, Saturday
२०८१ बैशाख ८, शनिबार

गुरु

एक मन्त्रदाता अनि शिक्षाका गाथा
गुरूसँग रहन्छ विद्यार्थीको अटुट नाता ।
 
उज्जवल भविष्य हाम्रो बनाउन तत्पर रहने
तिनै गुरू हुन् प्रार्थनामा हाम्रो खुसी चाहने
व्यक्ति हुन् गुरू पुज्य र निस्वार्थ
गुरू पद र शब्द नै छ प्यारो र पवित्र ।
 
परिश्रम गरिरहन्छन् रात दिन नभनी
गुरूको मेहनत देखेर अचम्मित हुन्छु म पनि
सही बाटोमा शिष्यलाई हिँड्न सिकाउने
प्रगति र उन्नतिका खुट्किलामा हामीलाई चढाउने ।
 
जो जुन शिष्य जुन पेसामा लागे पनि
योग्य व्यक्ति बनाउने गुरूको त देन हो नि
मातापितापछिका अभिभावक हुन् गुरू
जसबाट मैले ज्ञान लिन गरेँ सुरू ।
 
आशीर्वाद सदाचार लिई गुरूको
असल शिष्य म बन्न पाऊँ
गुरूको यही आशीर्वादले पुग्न सकूँ उच्च ठाउँ
हरसमय गुरूबारे लाग्छ यस्तै कविता म रचिरहूँ ।