नेता
नेता हुँ लोकको भाषा बुझेँ, बोलेँ सधैँभरि
डुबेँ म लक्ष्य प्राप्तिमा मत लिएँ थरी थरी ।
नेपाली जन हुन् सोझा उदार चित्तका धनी
चुनावी कला बुझ्ने म भोट लिएँ गनी गनी ।
विजयी माला पैरेर राताम्मे जोसिला कुरा
गरेँ गर्छु नियम नित्य नहुने दशकौँ पूरा ।
भर्नु छ धनको धोक्रो पुस्ता दश पुग्ने गरी
वर र परका नाता चाहा तिनका थरी थरी ।
माता धर्ती ! तिमी धन्य ! मजस्तो नेता छु यहाँ
जन हो शोक के गर्छौ घुम रम जहाँतहाँ ।
लेखकको सम्वन्धमा