गजल
कृषिप्रधान देशको असार पन्ध्र रमालो भो
धान रोप्न होइन, रोक्न प्रहरी परिचालन भो ।
ऊर्वराभूमि जतातै बाँझैबाँझो राखेर
स्मार्ट सिटी र फास्ट ट्य्राकको योजना भो ।
युवा सबै मरुभूमि जोत्न बाध्य बनाएर
देश नै बृद्धाश्रम र शिशु स्यासहार बनाउने भो ।
बिदेसिनेलाई फ्री भिसा, विमा सुविधा दिएर
रेमिट्यान्समै डकार्न पल्केको सरकार भो ।
गजब छ सरकार न मल न बिउ विजन भो
प्रायः धान दिवश मनाउन ट्याङ्करको पानी भो ।
लेखकको सम्वन्धमा