हाम्रो पहिचान
कति राम्रो अटल नेपाल हाम्रो
संस्कृति सम्पदाको थलो यो।
नेपालीको माझमा झुल्किन्छ नेपाल हाम्रो
अति सुन्दर शान्त विशाल यो।।
हिमाल, पहाड, तराई, मधेस यो
भौगोलिक नेपालको अंश हाम्रो ।
प्राकृतिक हामी प्राकृति हाम्रो सम्पदा यो
जोगाउन यसलाई कर्तव्य हाम्रो ।।
बहुसाँस्कृतिक, बहुधार्मिक, बहुभाषिक नेपाल राष्ट्र यो
हिमाल, पहाड, तराई थरी थरी चाड हाम्रो ।
मङ्गोल, बाहुन-छेत्री, थारू र अरू जातको साझा थलो यो
हिन्दू, मुस्लिम, सिख, इसाई, बौद्ध अनेक धर्म हाम्रो ।।
बुद्ध, सीता, भृकुटी आदि नेपालको गौरव यो
जनकपुर, लुम्बिनी आदि धार्मिक स्थल हाम्रो ।
पृथ्वीनारायण शाहले निर्माण गरेको राष्ट्र यो
वीर गोर्खालीको ज्युँदो स्वाभिमान् हाम्रो ।।
हामी नेपाली, नेपाल हाम्रो जन्मस्थल यो
कहिल्यै पाइला पछि नसार्ने मूल पहिचान हाम्रो ।
हातेमालो गरी मिलिजुली बस्नु नेपालीको भाव यो
सदैव सबैको मुटुमा बास लिनु असल पहिचान हाम्रो।।
लेखकको सम्वन्धमा