January 14, 2025, Tuesday
२०८१ माघ १, मंगलवार

साहस

यो कुरा धेरै छ जुटाउन
परिस्थितिका लागि छ जुटाउन,
धेरै सुनियो साहसको कथा
साहस भए आउँदैन व्यथा।
 
जस्तो परिस्थिति सम्हाल्न चाहिन्छ
जस्तो ठाउँमा बस्न चाहिन्छ,
साहस हाम्रो सधैँको साथी
साहसले पुर्‍याउँछ हामीलाई माथि।
 
खै कहाँ गयो नेपालीको साहस
किन हरायो नेपालीको आस,
कोरोनासगँ नमान है हार
कोरोनालाई गर प्रहार ।
 
साहसकालागि चाहिन्छ साथ
तिमी थामिदिऊ सबैको हात
समयसँग हिँड्न सिक,
साहसको परिचय दिन सिक ।