February 10, 2026, Tuesday
२०८२ माघ २७, मंगलवार

गजल

बुहारी सधैँ अशान्ति भो भन्छे
घरभन्दा माइती राम्रो भो भन्छे।
 
खायो, पियो, पचायो सधैँ उस्तै
माइतीले जे गर्दा नि राम्रै भो भन्छे।
 
जब सासू संस्कार सिकाउन लाग्छिन्
उल्टो झम्टिएर ‘यहाँ अनर्थ भो’ भन्छे।
 
दायाँ बायाँ नहेरी नाता गाँसियो
न निल्नु न ओकल्नु भो भन्छे।
 
बुढी न घर न घाटको भै सके,
नुन खा’को छोरो निकम्मा भो भन्छे ।