January 18, 2026, Sunday
२०८२ माघ ५, सोमबार

चार हाइकु

हेरेको हेरै
गतिविधि तिम्रो नै
दृश्य दोष पो!

ऐजेरु उम्‌र्‍यो
पीपलको दोष के?
को संरक्षक !

होइन नेता
बिल मिलाउनेहरू
छैन विश्वास !

धाक छ चर्को
खुट्टै देखेर माने
प्रतिपक्षज्यू !