सपनीमा
हिजो राति सपनीमा के देखेथेँ मैले
स्कुल जान लागेँ आमा बिदा माग्छु ऐले ।
झोलाभित्र खाजा के छ ? सबै खाने छु
गुरूमाले दिनुभको ज्ञान ल्याउने छु ।
आज आमा अफिस बिदा लिनुहोला है
स्कुलबाट म आउँदा घरमै हुनु है ।
स्कुलबाट आएपछि खाजा खाने छु
गृहकार्य सकाएर खेल्न जाने छु ।
खेल्ने कुरा सम्झिएर बिउँझिएछु म
रमाउँदै खेल्ने दिन कहिले आउला हँ !
यो सपना पूरा भए खुसी लाग्नेथ्यो
मेरा मनको भय पनि, सबै भाग्नेथ्यो ।
लेखकको सम्वन्धमा