March 29, 2024, Friday
२०८० चैत्र १६, शुक्रबार

हो साँच्चै महान छौ तिमी

आँचल अधिकारी
कक्षा : १०
लिभरपूल माध्यमिक विद्यालय

 

हो,
साँच्चै महान् छौ तिमी
‘समान छन् सबै मान्छे’ भन्छौ
‘जातपातको भेदभाव मान्दिनँ’ भन्छौ
तर व्यवहार त्यस्तो देख्दिनँ म त
तिम्रा संस्कारमा जातका रेखा
मेटिएका छैनन् अझै पनि
हो,
साँच्चै महान छौ तिमी बोलीमा त ।
 
सानो जात भनेर
खै कहाँ कहाँ के के गर्‍यौ रे
ककसलाई अन्यायमा पार्‍यौ रे
मानवीय मूल्य नै गुमाउने काम गर्‍यौ रे
समाजको इज्जत नै टपक्क टिपेर फाल्यौ रे
मानवतामाथि नै दाग लगायौ रे
भन्नेहरू भनिरहन्छन्
तर
ठुलो जातका तिमी
तिमीले जे गरे नि ठिक हुँदो हो
बोली र व्यवहारमा फरक पार्नसक्ने तिम्रो कला !
हो साँच्चै महान् छौ तिमी
 
तिम्राभन्दा फरक विचार छन् मेरा
म मान्छेलाई मान्छे देख्छु
मानवभन्दा ठुलो जात
अर्को केही देख्दिनँ
तिमी अरूलाई सानो
र आफूलाई ठुलो देख्छौ-
जातका आधारमा
हो साँच्चै महान् छौ तिमी