December 9, 2024, Monday
२०८१ मंसिर २४, सोमबार

कठै मेरो देश

सजल भट्टराई

मुखमा टालो हाली,

सास फेर्नुपर्छ कठै मेरो देश …
अभावग्रस्त छन् जीवनहरू,
अन्योलपूर्ण छ वातावरण,
कुर्सी कै लागि ताण्डव मचाउँछ्न्
नवयुगका रचैता भनाउदाहरू,
अशान्त, कोलाहल र भयावह
बढ्दो छ दिनानुदिन,
यसैबिच अन्धो बनेर,
नयाँ बिहानीको आश गर्न बाध्य छ कठै मेरो देश …
उकुसमुकुस छन् नव युवाहरू,
निदाउन नदिने सपनाको रासमा,
छैन शीतल क हीँ कतै,
भिज्छन् निथ्रुक्क, आफ्नै आमाको काखमा
खल्बलिएको छ सन्तुलन,
अपूरा छन् बिचारहरू,
आतुर छन् उडान भर्नै आकाशमा,
छाति पिट्दै रुन्छिन्,
छट्पटिन्छिन् आमा,
विदेशीको दास बन्न बाध्य सन्तान,
जस्तो जाँदै छन् उस्तै आउलान् ?
या बाकसमा ?
यसै पनि रित्तो, उसै पनि रित्तो

रित्तो कठै मेरो देश …