December 8, 2024, Sunday
२०८१ मंसिर २३, आईतवार

गजल

ऋषिरञ्जन बैठा

आँसु निकाल्नु भो गहभरि केका लागि आमा ?
मेरा नजिक आउनुभो केका लागि आमा ?
 
हिजो ज्योतिष पात्रो लिएर घरमै आका’ थे
पन्ना पल्टाउथे घरि घरि केका लागि आमा ?
 
मेरो जिन्दगीको यत्रो ठुलो निर्णय गर्नु भएछ
मलाई खबरै नगरी केका लागि आमा ?
 
‘मेरी छोरी साह्रै प्यारी’ भन्नुहुन्थ्यो मलाई
गाँसिदै छन् दुना टपरी केका लागि आमा ?
 
जानै पर्ने भए म खाली हात जाउँला
यी दाइजो नानाथरी केका लागि आमा ?