March 29, 2024, Friday
२०८० चैत्र १६, शुक्रबार

दुई मुक्तक

नेत्रबहादुर श्रेष्ठ
 जीवन पनि जीवन जस्तो छैन अहिले ! 
मृत्यु पनि मृत्यु जस्तो छैन अहिले !
समयले लाचार बनाई दिँदा आज ,
मानव पनि मानव जस्तो छैन अहिले !
 अनुकूल हुँदा ताली पाइन्छ यहाँ । 
प्रतिकूल हुँदा गाली पाइन्छ यहाँ ।
राम्रो काम गर्दा गर्दै पनि ,
खुट्टा तान्ने जाली पाइन्छ यहाँ ।