छिमेकी
कहिले मलाई ऊ चकलेटमा फकाउँछ
अनि कहिले मलाई चोट दिएर फसाउँछ ।
मभन्दा अनेक कुरामा ठूलो र बलियो देखिने
मेरो घर नजिकमा एउटा अजीवको छिमेकी बस्छ ।
तर मलाई लाग्दैन स्वतन्त्रता, अस्तित्व र सार्वभौमिकतामा
म मेरो छिमेकीभन्दा सानो र कमजोर भएझैँ
मलाई जिस्क्याउँछ ऊ कहिले सीमामा आएर
मलाई फसाउँछ ऊ विविध कोसेली पठाएर
कहिले ऊ नदेखाई अनेक चाहाना पठाउँछ
कहिले ऊ देखिने अनेक वहाना पठाउँछ ।
उसले देखाएर पठाएको बहानाको खुसीभन्दा बढी
उसले नदेखाई पठाएको चाहानाको
मलाई धेरै डर लाग्छ ।
किनकि मलाई उसका नदेखिने चाहानाहरू अत्यन्त खतरनाक
अनि ती देखिने सारा वहानाहरू दुध देखाएर बिरालो ठटाउने चाल लाग्छन् ।
उसको आफूलाई सेर र अरूलाई स्याल ठान्ने बानी छ
छिमेकीको सङ्गत नगरौँ आफूलाई पनि धेरै हानी छ ।
फेरि पनि यसपालिको नववर्षमा उपहार स्वरूप उसले
शक्तिशाली महामारीको पोको फुकाएर कोसेली पठायो ।
हिजो मात्र उसले उपहारमा बिग्रेका हजारौँ किट पठायो
अनि आज फेरि मन्द विष घोलेर भ्रामक खबर पठायो ।
छिमेकी भनेको जिउँदाको जन्ती र मर्दाको मलामी हुनुपर्ने,
तर अफसोच ! यहाँ मेरो छिमेकी जिउँदाको मलामी र मर्दाको जन्ती बनिरहेछ
तर अफसोच ! जिउँदाको मलामी र मर्दाको जन्ती बनिरहेछ ।
लेखकको सम्वन्धमा