लुट्न दिन्नौँ आमाको इज्जत र स्वाभिमान
हो, भौतिक ऐश्वर्यले गरिब छौँ हामी सन्तान,
गरिब छिन् हाम्री आमा नेपाल
तर लुट्न दिन्नौँ आमाको इज्जत र स्वाभिमान
कैयौँ गुणा ठुला तिमी, हामीभन्दा भौतिक रूपमा
तर आफ्नै मातृभूमिको माया नपुगेर
आँखा लाउँछौ तिमी हाम्री आमालाई ?
छिमेकी भई सहयोग गर्यौ त्यो पनि मान्छु म
रातो रगत छ तिम्रो पनि नीच मान्छे नबन
एउटा नेपाली कलाकारको टुइटले तिम्रो देश नै हल्लियो
देशका लागि लड्ने हाम्रो शक्ति तिमीले बिर्स्यौ कि क्याहो ?
बस्ने एउटै घरमा हो आखिर कति जमिन ओगट्छौ ?
मरेर जाने बाटो हो एउटै, चितामा खाली हात जलेर
तर पनि स्वाभिमान गुमाएर बाँच्न सक्दैनौँ हामी
सास रहेसम्म साहस छोड्दैनौँ हामी
चाहिँदैन हामीलाई धोकेबाज र झुटा मलामी ।
बेचे पनि कला र गला, बेच्दैनौ स्वाभिमान
एक भई लड्ने छौँ हामी, मर्छौँ तर दिन्नौँ जान यो सान
नक्सामा सानो देख्दैमा किन गर्छौ बेइमान ?
वीर गोर्खाली हौँ, ठान्छौँ सधैँ देशको सीमालाई आफ्नो प्राण ।
तातिरहेछन् तिम्रा मिडियाहरू,
हाम्रो चोखो नक्सा देखेर
हाम्री ममतामही आमालाई ‘आमा’ भन्न त पाउँछौ
तानेरै लान त कहाँ पाइन्छ र?
लेखकको सम्वन्धमा