वृक्षरोपण

अंगना गुरागाईँ
कक्षा : ८
एभरेष्ट ईङ्लिस स्कुल,
भक्तपुर

विभिन्न जातका बोटबिरुवा रोप्ने कामलाई वृक्षरोपण भनिन्छ । वृक्षरोपण गर्नुको मुख्य कारण वातावरणलाई स्वच्छ राख्नु र हरियाली बनाउनु हो । वृक्ष रोपणले वनजङ्गल बढ्छ । वनजङ्गलले बाढी र पहिरो रोक्छ । त्यसैले पनि वृक्षरोपण गर्नुपर्छ ।

हरिया वनजङ्गल र बोटबिरुवाको हाम्रा जीवनमा धेरै महत्त्व छ । हामी बोटबिरुवाबिना बाँच्न सक्दैनौँ । मानिस र बोटबरुवाका बिच ज्यादै नजिकको सम्बन्ध छ । दुवै एकअर्कामा निर्भर हुन्छन् । हामीले बोटबिरुवाबाट निरन्तर अक्सिजन पाउँछौँ भने बोटबिरुवाले हामीबाट कार्बनडाइअक्साइड पाउँछन् ।

कतिपय मान्छेहरू रूख काट्ने काम मात्र गर्छन् । रूख काटेका ठाउँमा नयाँ बिरुवा रोप्दैनन् । दाउरा, फर्निचर आदिका लागि रूख काटिन्छ । नयाँ बिरुवा नरोपी रूख मात्र काट्नु भनेको मानिसको जीवन छोट्याउनु सरह हो । त्यसैले रूख काट्नुका साथै वृक्षरोपण गर्नुपर्छ ।

रूखबिरुवाले प्रदान गर्ने शीतल छाया पनि हामीलाई एकदमै लाभदायक हुन्छ । दिनभरि टन्टलापुर घाममा एक जना भरिया भारी बोकेर खलखली पसिनाले निथ्रुक्क हुँदा उसलाई रूखको शीतल छायाले ठुलो सहारा दिन्छ । हरिया रूखका छायामा बस्दा उसका पसिना ओभाउँछन् । उसको थकाइ मर्छ । खेतमा काम गर्दागर्दै थाकेका किसानलाई पनि रूखले शीतल दिन्छ । बाटामा हिँड्ने बटुवाले पनि रूखबाट शीतल छहारी पाउँछन् । रूखले हामीलाई हावा र शीतल दिने मात्र होइन, हामी बोटबिरुवाका सुकेका हागाँहरूबाट दाउरा पनि प्राप्त गर्न सक्छौँ । घर तथा फर्निचर बनाउने काठ पनि वनजङ्गल वा रूखबाट नै पाउछौँ । हामीले हाम्रा पाखापखेरामा, खाली जमिनमा बोटबिरुवा रोप्नुपर्छ । वृक्षरोपण र वनजङ्गलले गर्दा धेरै पानी पर्छ । पानि पर्नु खेती बारीका लागि फइदाजनक हुनसक्छ । वर्षाले गर्दा किसानको उब्जनी बढ्छ । बोटबिरुवाले हामीलाई विभिन्न फलपूmल पनि दिन्छन् । मानिसहरूसँगै पशुपक्षीहरूलाई पनि बोटबिरुवा चाहिन्छ । बोटबिरुवा र पशुपक्षीले प्रकृतिको सौन्दर्यलाई सधँै जोगाइराख्छन् ।

निष्कर्षमा भन्दा मानिसको जीवन र प्रकृतिमा वृक्षरोपणले राम्रो प्रभाव पार्दछ । त्यसैले रूख काटिएका टाउँमा अथवा बाँझो जमिनमा तीव्र रूपमा वृक्षरोपण गर्नुपर्दछ ।

धन्यवाद