January 18, 2025, Saturday
२०८१ माघ ५, शनिबार

गरिब

सम्पन्न सिलवाल
कक्षा ६,
अक्सिडेन्टल पब्लिक स्कुल
अनामनगर, काठमाडौँ

के हो भनेर गरिबको दान ?
भनेर भन्छन् मान र सम्मान ।
सबै मानिस हो एक जीव
हेप्ने नगरौँ है मानिस नै हुन् गरिब ।
भन्न मिल्दैन धनीसँग मात्र छ कला
धनीका ठूला महल छन् त,
गरिबका छन् खुला आकासे तला ।
दुइटा रूखका बिच गरिबको छ दिवार
कसरी चलाउने होला आफ्नो दुःखी परिवार ?
सुनेको थिएँ सबै मानिससँग हुनुपर्छ सुख
तर किन गरिबले भोग्नुपर्‍यो यति धेरै दुःख ?
गरिब हुनुहुन्न भनेर भुन्नुहुन्थ्यो देवी
पढेका मानिस बनौँ समाजसेवी ।
बस्नलाई भएन मात्र चकटी र पिर्का
कसले बुझ्लान् गरिबको भोक र तिर्खा ?
सक्नेले नसक्नेलाई गर्नुपर्छ टेवा
तर बिर्सनु हुन्न गर्न गरिबलाई सेवा ।