फूलबारी
आहा ! साथी कति राम्रो हाम्रो फूलबारी
त्यै बारीमा फूलेका छन् फुल थरीथरी ।।
मखमली, गोदावारी, सयपत्री फूल
त्यै फूलमा डुलेका छन् माहुरीका हुल ।।
रातो, सेतो, पहेँलो अनेक थरी रङ्ग
ती रङ्गलाई देखेर पर्छौ हामी दङ्ग ।।
फूलमाथि पुतली आकाशमा चरा
हाम्रो राम्रो फूलबारीले भयो हराभरा ।।
आऊ साथी फूलबारी बसौँ सँगै रमेर
पुस्तक समाइ हाँसी खुसी बसौँ पढेर ।।
लेखकको सम्वन्धमा