September 15, 2024, Sunday
२०८१ भाद्र ३०, आईतवार

गजल

ऋषिरञ्जन बैठा

बहस सक्किसक्यो अब त्यस विचारको के काम ?
आत्मविहीन लासमाथि अब प्रहारको के काम ?

थाकेको लोग्ने बिस्तारामा आई डङ्रङ्ग लड्यो
श्रीमतीको दिनभरिको त्यो शृङ्गारको के काम ?

सक्दैनन् जनता लड्न जनता मार्ने सरकारसँग
ब्वाँसा मात्र बस्ने त्यो सिंहदरबारको के काम ?

मरिरहन्छन् विचरा निर्मलाहरू ‘आफ्नै कालगतिले’
पाउँदैनन् गरिब जनताले न्याय जितहारको के काम ?

मेरो सिङ्गो यो देशलाई काँक्राझैँ चिरा पार्यो पराईले
अरे किन्नर प्रजातिको कुनै सरकारको के काम ?