January 18, 2025, Saturday
२०८१ माघ ५, शनिबार

डर

ऋिचा अधिकारी
कक्षा : ८
विद्या सदन स्कुल,
काठमाडौँ

न खुसी हुन नै सकेँ
न अघि बड्न नै सकेँ।
मनमा सधैँ रहन्छ डर
अध्याँरो देख्दा लाग्छ डर ।।
 
सधैँ रोक्यो मलाई डरले
सधैँ रोएँ म डरले।
एकचोटि बस्यो त जादैँन
न जाउन्जेल मन मान्दैन।।
 
कति रुनु म डरले
कति कला लुकाउनु डरले।
कहिल्यै जितिनँ मैले डरलाई
न कहिल्यै जितेँ अरूलाई।।
 
आमाबाको डरले अघि बढ्न सिकेँ
अध्याँराका डरले पाइला पछि खिचेँ
छैन कुनै पनि जुक्ति
पाइनँ मैले डरबाट मुक्ति।।