जीवन र भाइरस

सुशिला खनाल ( गौतम )


ईश्ववरको रचनामा उत्तम मानव जाति
के भुल गर्यो आज यसले संसारकै क्षति
बाँदर ती पुर्खाबाट सभ्य मानिस भए
बस्ती सार्ने हो कि भन्दै चन्द्रमामा गए ।
 
जटिलभन्दा जटिल रोग पराजित गरे
कस्तो भाइरस आयो ऐले अलमलमा परे
करोड मान्छे मार्ने भाइरस पहिले पनि आथ्यो
लामो समय प्रयास पछि सफलता पाथ्यो ।
 
मानवले प्रकृतिमा विजयको श्रेय पाउँदै थियो
विकासका बाटाहरू सबै रोकिदियो
अमेरिका भन्छ- ‘चीनले ठूलो भुल गर्यो’
एक देशबाट अर्को गर्दै विश्वभरि सर्यो ।
 
 उन्नति र प्रगतिले धर्तीलाई स्वर्गसरी पार्यौ
चेतावनी दिन्छ भाइरस मेरासामु हार्यौ
संसारभरका डाक्टरको खोजी कार्य जारी
रातदिन खटेका छन् रोक्न महामारी ।
 
मानव जाति आज हरे! पर्यो सङ्कटमा
एकजुट हुनुपर्छ संसार यो दुःख कष्टमा
देश भेष जे भए नि मानव एउटै जाति
ठुलो केही हैन रैछ जीवनभन्दा माथि ।