December 9, 2024, Monday
२०८१ मंसिर २४, सोमबार

केही हाइकु

कमला पौडेल

अदृश्य शत्रु
छापामार लडाइँ
कोरोना द्वन्द्व ।
 
सुटुक्क पस्ने
लुकेर हिर्काउने
छाती निचोर्ने ।
 
विषाणु आगो
भतभती पोलेर
मनै खरानी ।
 
जिउने इच्छा
लालाबाला पालेर
चारा खोजेर ।
 
गल्ती के थियो
हा ! दैव मनुजको
यो दण्ड दियौ ।
 
नसुन धेरै
मानवको चित्कार
पीडाको स्वर ।
 
ज्ञान विज्ञान
सब तुच्छ रहेछ
दैवअगाडि ।