January 19, 2025, Sunday
२०८१ माघ ७, सोमबार

अघि बढ्नु छ हामीले

निरोज जङ्ग थापा
कक्षा—१०
गोठाटार ई. से. स्कुल

खेतमा आली लगाउन उठ्नु छ हामीले
देशको सुरक्षाका लागि जुट्नु छ हामीले
भ्रष्टाचार, बलात्कार बालहिंसा अति भयो
यी सबैलाई पन्छाई अघि बढ्नु छ हामीले ।

निभेको चुल्हो बाल्न उठ्नु छ हामीले
गरिबको मुखमा हाँसो ल्याउन जुट्नु छ हामीले
जहाँ रोकिएका थिए विकासका कामहरू
त्यहीँबाट एक भई अघि बढ्नु छ हामीले ।

किताबकापी बोकी ज्ञान आर्जनका लागि उठ्नु छ हामीले
सुन्दर, रमणीय भविष्य बनाउन जुट्नु छ हामीले
बालहिंसाको अन्त्य गर्दै सबेै बालबालिकालाई
शिक्षित बनाई अघि बढ्नु छ हामीले ।

राष्ट्र र राष्ट्रियताका लागि उठ्नु छ हामीले
कालापानी, लिपुलेक, लिम्पियाधुरा फिर्ता ल्याउन जुट्नु छ हामीले
हाम्रा पुर्खाले जुन रगत बगाएका थिए देशका लागि
त्यसैलाई निरन्तरता दिँदै अघि बढ्नु छ हामीले ।

समाजसेवाका लागि धुर्मुससुन्तली भई उठ्नु छ हामीले
राष्ट्रका लागि पृथ्वीनारायण शाह भई जुट्नु छ हामीले
सन्दीप लामीछानेको झैँ नाम चम्काउनु छ हामीले
गाँउ, लेक बेशीबाट हातमा हात मिलाई
देश विकासका लागि अघि बढ्नु छ हामीले ।