May 1, 2026, Friday
२०८३ बैशाख १९, शनिबार

गजल

कल्पना कार्की के.सी

मान्छेसँग मान्छे डराउने दिन आयो
तेरो मेरो भनी कुस्ती खेल्नेले के पायो ?
 
यस्तै त रैछ जिन्दगी चारकोठाभित्र
संसार नै स्तब्ध आज कस्ले बनायो ?
 
जिन्दगी छ भन्नु बाँचुन्जेल त रहेछ नि
मरेपछि खै कहाँ कस्ले के लगेर गयो ?
 
पैसा नै सबैथोक हो भन्थे मान्छेहरू
खै कस्को ज्यान आज पैसाले बचायो ?
 
धनी गरिब आखिर एउटै त रैछ नि
रोगले नै त आज समानता ल्यायो ।