September 15, 2024, Sunday
२०८१ भाद्र ३०, आईतवार

केही हाइकु (कोरोना विशेष)

कमला पौडेल

यो कस्तो रोग
आफन्त परपर
आँसु धरर ।
 
रोगले गल्दा
गह सुकी आउँदा
जल दिने को ?
 
अनौठो मृत्यु
न चिता, न मुखाग्नि
शून्य मलामी ।
 
अहो ! मानव
तँ पनि मर्दै छस्
झिँगा मरेझैँ ।
 
हार्नु परेछ
नाथे कोरोनासँग
खोक्रो मानव ।